नयाँ बर्ष आऊ

-स्वामी सुबासचन्द्र

नेपालीको खुशी बोकी,हँसाउँदै आऊ

प्रगतिको सुमार्गमा, नचाउँदै आऊ

बिहानीको लालीसँगै,लुकामारी खेल्दै

सत्कर्म त्यो मन भरि,खसाउँदै आऊ

पहरामा फूल्नु तिमी,लहरामा झुल्दै

देशको कानून दर्‍हो बनाइ,कसाउँदै आऊ

धारा खोल्दा पानी झार्दै,अध्यारोमा बत्ती

गाउँ बस्ती ज्ञानको ज्योति पसाउँदै आऊ

मेची देखी महाकाली जातीभाषा लड्नु हुन्न भन्दै

“प्रयास” गर्दै चोखो नाता गसाउँदै आऊ:)

Leave a comment