हाँस्ने मानिस जवान र सुन्दर देखिन्छ

जसले हाँस्न जान्दैन, उसले बाच्न पनि जान्दैन भन्ने उखान सबैले सुन्नु भएकै होला । हाँस्ने बानी सबैको हुन्छ । दिनमा कति र कुन समयमा हाँस्ने भन्ने नियम छैन ।

“जसले हाँस्न जान्दैन -उसले बाँच्न जान्दैन”

कुनै रमाइलो कुरामा जिस्किदा, साथीहरुबीच ठट्ठा गरेर कुराकानी गर्दा वा चुड्किला सुन्दा मानिसलाई हाँसो लाग्छ ।कुनै पनि कुरामा रमाइलो मानेर हाँस्दा हामीले अन्य कुरा क्षणिक रुपमा भनेपनि बिर्सिएकै हुन्छौं । हाँस्नु स्वास्थ्यका लागि फाइदाजनक छ।

सधै हाँस्ने बानी भएपनि तपाईलाई हाँस्दा हुने फाइदाबारे थाहा छ कि छैन रु यदी छैन भने आज हामी तपाईलाई हाँस्दा हुने फाइदाको बारेमा जानकारी दिदै छौं ।हाँस्दा हुने फाइदा यस्तो छ

हाँस्दा मनोविकार हट्छ
तपाईको मनमा कुनै कुन्ठा, आवेग, दुःख,पीडा तथा इर्श्या छ भने दिल खोलेर हाँस्नुस् हाँस्दा तपाईको मनमा भएको कुण्ठा, आवेग, दुःख पीडा तथा इर्श्या हट्छ ।

रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ
हाँस्दा धेरै मात्रामा अक्सिजन प्राप्त गर्न सकिन्छ । अक्सिजनले क्यान्सरजन्य कोषिका र अन्य हानिकारक ब्याक्टेरिया तथा भाइरस नष्ट गर्छ । हाँसेको समयमा गहिरो श्वास लिइन्छ । यसबाट शरीरमा अक्सिजनको सञ्चार राम्रोसँग भइरोग प्रतिरोधात्मक क्षमता बढ्छ ।

कम्मर दुखाइबाट आराम
तपाईलाई कम्मर दुख्ने समस्या छ भने हाँस्ने गर्नुस् हाँस्दा कम्मरको दुखाइ कम हुन्छ ।

व्यायाम हुन्छ
हाँस्नु पनि व्यायाम गर्नु जस्तै हो । हाँस्दा हृदयको एक्सरसाइज हुन्छ र रक्तरञ्चार प्रवाह राम्रो हुन्छ । धेरै खुसी रहने तथा हाँस्ने मानिसलाई हार्ट अट्याकको सम्भावना कम हुन्छ ।

तनावमा मुक्ति
हाँस्ने मानिस सधै खुसी रहन्छ । खुसी मानिसले तनावलाई सजिलैसँग व्यवस्थापन गर्न सक्छ । त्यसैले तनाव व्यवस्थापनका लागि पनि हाँस्नु फाइदाजनक छ ।

जवान देखिन
दिल खोलेर हाँस्ने मानिसको अनुहारको मांसशेपीले राम्रोसँग काम गर्छ । जसले गर्दा तपाईको अनुहारमा रक्तप्रवाह राम्रौ हुन्छ । त्यसैले हाँस्ने मानिस जवान र सुन्दर देखिन्छ ।

Follow on social media:

FACEBOOK -swami Subash Chandra

INSTAGRAM – swami Subash Chandra

TWITTER -swami Subash Chandra

YOUTUBE – swami Subash Chandra

Thank you 🙏

Leave a comment